
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ ।
११ वटा जिल्लाका ३ महिला र १३ पुरुषको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुने महिलाहरुमा ललिपुरकी ५८, मकावनपुरकी १७ वर्षीया तथा दोलखाकी ५२ वर्षीया रहेका छन् ।
यस्तै मृत्यु हुने पुरुषहरुमा काठमाडौँका ५८ र ७३ वर्षीय दुई जना, चितवनका ५५ वर्षीय र रुपन्देहीका ६७ वर्षीय, झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ८४ र ६२ वर्षका दुई जना, मकावनपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय तथा बाँकेका ५० र ५९ वर्षका दुई जना रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुृनेको संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितको ०.७ प्रतिशत हो ।
