
काठमाडौँ । पछिल्लो २४ घण्टाम थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४१८ महिला र ७३६ पुरुषमा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौँका ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मोरङका १०७ जना, भक्तपुरका ७४ जना, ललितपुरका ६२ जना, सप्तरीका ४७ जना, कैलालीका ३७ जना, रौतहटका २९ जना, सुर्खेतका २८ जना, नवलपरासीका २४ जना, कास्की र रुपन्देहीका १८/१८ जना, बझाङका १६ जना, महोत्तरीका १४ जना, सुनसरीका ११ जना तथा काभ्रे र बाँकेका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कपिलवस्तु, रुकुम पूर्व र दैलेखका ९/९ जना, सर्लाही, अर्घाखाँची, प्युठान र कञ्चनपुरका ७/७ जना, धादिङका ६ जना, पर्सा र नुवाकोटका ५/५ जना, सिराहा, पाल्पा र डडेलधुराका ४/४ जना, दोलखा, मकवानपुर र अछामका ३/३ जना, झापा, धनुषा, सिन्धुली, नवलपुर, रुकुम पश्चिम र बैतडीका २/२ जना तथा इलाम, उदयपुर, बारा, सिन्धुपाल्चोक, पर्वत, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा १ हजार ५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । यो संक्रमितको ७२.४ प्रतिशत हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय २७ पुगेको छ । यो कुल संक्रमितको ०.७ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ९ हजार ५३३ परिक्षण भएको छ भने हालसम्म ९ लाख २३ हजार ८२३ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, मकवानपुर र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मुस्ताङ, म्याग्दी, सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।
हाल देशभर १७ हजार ६११ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार ९२१ जना छन् भने होम आइसोलेसनमा ८ हजार ६९० जना छन् । आईसीयुमा १९६ जना र भेन्टिलेटरमा ३१ जना उपचाररत छन् । हाल ७ हजार ४०३ जना क्वारेन्टीनमा छन्।
