गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका एक कर्मचारीमा कोरोना पुष्टि

Share:

पोखरा । पोखरामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयमा कार्यरत कर्मचारी पोखरा ११ का ४६ वर्षीय पुरुष रहेका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ती पुरुषमा कोरोना देखिएको निर्देशनालयले सोमबार साँझ तेस्रो विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ७९ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: