
लमजुङ । चट्याङ लागेर लमजुङमा एक जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ः३० बजे परेको चट्याङले बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्त विकको मृत्यु भएको हो ।
ठूलोबुवाको घरमा बसेको बेला चट्याङ लागेर शरीरको विभिन्न भागमा चोट पुगी घाइते भएका विकको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा ८ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सोही वडामा बस्ने २२ वर्षीय चिजा गुरुङ सोही चट्याङ पर्दा घाइते भएका छन् । घाइते गुरुङलाई पनि जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको छ । उनको अहिले उक्त अस्पतालमा उपचार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
