
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८२ पुगेको छ ।
मंगलबार बिहान क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा प्रदेश अन्तर्गत पर्वत जिल्लाका थप ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको कुश्मा नगरपालिका–७ का ३३, २० र १९ बर्षका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्

