
काठमाडौँ । पछिल्लो २४ घण्टाम थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५९ महिला र ८९७ पुरुषमा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौँका ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीका ७७ जना, ललितपुरका ७३ जना, रुपन्देहीका ७४ जना, भक्तपुरका ६३ जना, मोरङका ५७ जना, बाँकेका ५८ जना, सुर्खेतका ४४ जना, सिराहाका ३३ जना, काभ्रेका ३० जना, बर्दीयाका २७ जना, तनहुँ र रुकुम पूर्वका २५/२५ जना, चितवनका २२ जना, झापाका २० जना, कपिलवस्तु र दाङका १९/१९ जना, बाग्लुङका १६ जना, बारा, कास्की र रोल्पाका १५/१५ जना, तथा धनुषा र पर्साका ११/११ जनामा कोरोना देखिएको छ ।
रामेछापका ९ जना, नवलपरासी, सप्तरी, मकावनपुर, पाल्पा, र प्युठानका ८/८ जना, लमजुङका ६ जना, संखुवासभा, रौतहट, दोलखा र स्याङ्जाका ४/४ जना, धादिङ र पर्वतका ३/३ जना, भोजपुर, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, अर्घाखाँची र गुल्मीका २/२ जना, उदयपुर, तेह्रथुम, धनकुटा, सर्लाही, नुवाकोट, दैलेख र कञ्चनपुरका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । काठमाडौँका ५० वर्षीय एक पुरुष र काभ्रेका ५० वर्षीया एक महीलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुृनेको संख्या ४ सय २९ पुगेको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।
त्यस्तै गत २४ घण्टामा ८ सय २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४८ हजार ६१ पुगेको छ । यो संक्रमितको ७२.१३ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा ११ हजार १५४ परिक्षण भएको छ भने हालसम्म ९ लाख ३४ हजार ९७७ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, मकवानपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मुस्ताङ, म्याग्दी, सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।
हाल देशभर १८ हजार १४२ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ९ हजार १९३ जना छन् भने होम आइसोलेसनमा ८ हजार ९४९ जना छन् । आईसीयुमा २२३ जना र भेन्टिलेटरमा ३७ जना उपचाररत छन् । हाल ७ हजार १७१ जना क्वारेन्टीनमा छन्।
