मंगलबार पोखराका १९ जनासहित गण्डकीमा ४४ जनामा कोरोना पुष्टि, ४९ जना डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ५ सय २३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार चर पटक सम्म विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

मंगलबार कास्कीको पोखराका १९ जनासहित गण्डकीमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयले जारी गरेको पछिल्लो (चौथो) विज्ञप्ति अनुसार पोखराका ११ जना सहित गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का ३० र ४५ वर्षीय पुरुष तथा ३० वर्षीया महिला, पोखरा ७ का नेपाल प्रहरीमा कार्यरत २५, २८, ३३, ३५ र ४४ वर्षीय पुरुष , पोखरा १४ का ५८ वर्षीय पुरुष तथा २८ र ५० वर्षीय महिलामा कोरोना देखिएको हो ।

नवलपुरको बिनयत्रिबेणी ३ का ३० वर्षीय पुरुष, ४ का २४, २६, र २९ वर्षीय पुरुष तथा ४५ वर्षीया महिला, मध्यबिन्दु २ का ४० वर्षीय पुरुष, ६ का ६५ वर्षीय पुरुष तथा ८ का ३३ र ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, निर्देशनालयले जारी गरेको तेस्रो अध्यावधिक विवरण अनुसार पोखराका ८ जना सहित गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्बर पोखरा ९ का २४ वर्षीय पुरुष (बारा जिल्लाबाट आएका), ४ की ७१ वर्षीया महिला (काठमाडौँबाट आएकी), पोखरा ५ का ३८ वर्षीय पुरुष, पोखरा ७ का ३७ वर्षीय पुरुष (बन कार्यालयमा कार्यरत कर्मचारी), पोखरा ८ का ३२ वर्षीय पुरुष (भारतबाट भएका), पोखरा १२ का २७ वर्षीय पुरुष तथा ५८ वर्षीया महिला र पोखरा १३ का १९ वर्षीय पुरुष (भारतबाट आएका) मा कोरोना भाइरस देखिएको हो ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत (गर्भवती) तनहुँको शुक्लागण्डकी ६ की ३० वर्षीया महिला तथा ७ का भारतबाट आएका ३९ वर्षीय पुरुषमा कोरोना भाइरस देखिएको छ ।

त्यस्तै, दोस्रो अध्यावधिक विवरण अनुसार मंगलबार दिउँसो गण्डकीका लमजुङका ६ जना, तनहुँका ४ जना बाग्लुङका १ जना गरी तीन जिल्लाका ११ जनामा कोरोना देखिएको थियो ।

संक्रमित हुनेमा भारतबाट आई क्वारेन्टीनमा बसेका बाग्लुङको बरेङ १ का १९ बर्षीय पुरुष, लमजुङको बेसीसहर–९ का २८ बर्षीय पुरुष, ४ का ३० बर्षीय पुरुष र तनहुँका ऋषिङ ६ का ५० वर्षीय पुरुष, ५ का ३६, १९ र ६० वर्षका पुरुष गरि ७ जना पुरुष रहेका छन् ।

लमजुङको बेसीसहर–८ का २६ बर्षीय महिला र २२ बर्षीय पुरुष सनराईज बैंकमा कार्यरत कर्मचारीमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । लमजुङको बेसीसहर वडा नखुलेका ४० वर्षीय पुरुष, मस्र्याङ्दी ३ का ३० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

त्यसैगरी, पहिलो अध्यावधिक विवरणअनुसार मंगलबार बिहान पर्वतका थप ३ जनामा कोरोना संक्रमण भएको थियो । जिल्लाको कुश्मा नगरपालिका–७ का ३३, २० र १९ बर्षका ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै कन्ट्याक ट्रेसिङबाट पहिचान भएका हुन् ।

यसैगरी, मंगलबार ४९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा संक्रणमुक्त हुनेको संख्या २ हजार २ सय ६८ पुगेको छ । हाल गण्डकीमा १ हजार २ सय २३ सक्रिय संक्रमित रहेका छन् भने ३२ जनाको मृत्यु भइसकेको छ ।

गण्डकीमा गत २४ घण्टामा ५४३ परिक्षण भएको र हालसम्म ६४ हजार १३९ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: