घाँस काट्ने क्रममा भीरबाट खसेर पर्वतमा एक जनाको मृत्यु

Share:

पर्वत । पर्वतमा घाँस काट्ने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कुश्मा नगरपालिका–१ पाङ निवासी २८ वर्षीय गणेश अर्यालको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घर नजिकैको भीरमा घाँस काट्ने क्रममा मंगलबार बिहान ७ः३० बजे लडेर गम्भीर घाइते भएका अर्याललाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेकोे प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: