नवलपुरमा खोला तर्ने क्रममा बगाएर एक युवतीको मृत्यु

Share:

नवलपुर । नवलपुरमा खोला तर्ने क्रममा बगाएर एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको देवचुली नगरपालिका १६ बस्ने लिल बहादुर सारू मगरको छोरी वर्ष अन्दाजी १७ की जिममाया सारू मगरको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

सोमबार दिउँसो करिब ३ बजे बाख्रा चराई फर्कदा खहरे खोला तर्ने क्रममा उक्त खोलाले बगाएको अवस्थामा स्थानियले देखी उद्दार गरी उपचारको लागि पुरनो मेडीकल कलेज भतरपुर लगेकोमा राति ११ बजे मृत्यु भएको बताइएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: