पोखरामा कोभिड–१९ सम्बन्धमा सरकारी निर्णय उल्लंघन गर्ने एक होष्टलकी संञ्चालिका पक्राउ

Share:

पोखरा । पोखरामा कोभिड–१९ सम्बन्धमा सरकारी निर्णय उल्लंघन गरेको आरोपमा एक होष्टलकी संञ्चालिका पक्राउ परेकी छन् ।

पोखरा ८ न्युरोड घर भई पोखरा ४ गैह्रापाटन स्थित अलब्राईट होष्टलकी संञ्चालिका वर्ष ३२ की सनसरी श्रेष्ठलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।

डिएसपी हमालका अनुसार अनाधिकृत रुपमा उक्त होष्टलमा विद्यार्थीहरू राखेर पठन पाठन समेत संचालन गरेको पाईएकोले श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय, कास्कीमा पठाईएको छ ।

नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको लागि होष्टल, स्कुल, व्यायमशाला, धार्मिक स्थलहरु तथा बढी भिडभाड हुने स्थानहरु सञ्चालन नगर्ने नगराउने निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: