सुनचाँदीको मूल्य आज पनि घट्यो

Share:

पोखरा । सुनचाँदीको मूल्य आज पनि घटेको छ ।

सुनको मूल्य आज तोलामा एक हजार २ सय रुपैयाँ घटेर तोलाको ९४ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक हजार ७ सय रुपैयाँ घटेर ९५ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ घटेर आज तोलाको एक हजार १ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: