
काठमाडौँ । पछिल्लो २४ घण्टाम थप १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४२६ महिला र ७४६ पुरुषमा कोरोना पुष्टि भएको हो ।
आज सबैभन्दा धेरै काठमाडौँका ४९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरका ९५जना, रुपन्देहीका ६७ जना, ललितपुरका ५० जना, सुर्खेतका ४९ जना, मोरङका ४४ जना, सुनसरीका ३७ जना, बाँकेका ३० जना, गुल्मीका २८ जना, कास्की र अछामका २२/२२ जना, सर्लाहीका २१ जना, बर्दियाका १९ जना, डोटीका १७ जना, मकवानपुरका १६ जना, धादिङ र कैलालीका १४/१४ जना, पाल्पाका १३ जना, सप्तरीका १२ जना, सिराहाका ११ जना तथा काभ्रे र नवलपुरका १०/१० जनामा कोरोना संक्रमण देखिएकोे छ ।
झापाका ९ जना, तनहुँ र कपिलवस्तुका ६/६ जना, गोरखा, जमजुङ, स्याङ्जा, नवलपरासी र प्युठानका ५/५ जना, बाराका ४, धनुषा र कञ्चनपुरका ३/३ जना, पाँचथर, रौतहट, नुवाकोट, बाग्लुङ, दाङ, दार्चुला र बैतडीका २/२ जना तथा उदयपुर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, महोत्तरी, चितवन, पर्वत, म्याग्दी र बझाङका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा १ हजार ८९३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । यो संक्रमितको ७३.७ प्रतिशत हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुृनेको संख्या ४ सय ३६ पुगेको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।
५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मुस्ताङ, सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।
हाल देशभर १७ हजार ४१४ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा ८ हजार २२८ जना छन् भने होम आइसोलेसनमा ९ हजार १८६ जना छन् । आईसीयुमा २२० जना र भेन्टिलेटरमा ४३ जना उपचाररत छन् । हाल ७ हजार १०४ जना क्वारेन्टीनमा छन्।
पछिल्लो २४ घण्टामा ९ हजार ४९७ परिक्षण भएको छ भने हालसम्म ९ लाख ४४ हजार ४७४ परिक्षण भएको मन्त्रालयले जनाएको छ ।
