२४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु पुष्टि

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार ५ वटा जिल्लाका १ महिला र ६ पुरुषको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।

यस्तै मृत्यु हुने पुरुषहरुमा काठमाडौँका १६ वर्षीय, झापाका ८६ वर्षीय, सिराहाका ५० वर्षीय, ललितपुरका ७४ वर्षीय तथा बर्दियाका ६४ र ३९ वर्षका दुई जना रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।

कमेन्ट गर्नुहोस्
Share: