व्यवसाय खुलाउनुपर्ने माग सहित पोखराका सौन्दर्य व्यवसायीको धर्ना

Share:

पोखरा । पोखरामा रहेका सौन्दर्य व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा शान्तिपूर्ण धर्ना दिएका छन् ।

कोरोना भाइरस (कोभिड १९) का कारण पोखरामा रहेका सौन्दर्य व्यवसायहरु ब्यूटीपार्लर तथा सलुन सेवाहरु विगत ६ महिनादेखी पूर्ण रुपमा बन्द हुँदा व्यवसायीहरु मारमा परेको भन्दै आफ्नो व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग सहित प्रशासनमा धर्ना सहित ज्ञापन पत्र समेत बुझाएका हुन् । ब्यूटीपार्लर एशोसिएसन कास्कीको अगुवाइमा पोखरामा रहेर सौन्दर्य व्यवसाय ब्यूटीपार्लर र सलुन सेवा सञ्चालकहरुले मंगलवार जिल्ला प्रशासन कार्यालय कास्की अगाडी शान्तिपूर्ण धर्ना सहित कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकाललाई सात बुंदे माग सहित ज्ञापनपत्र बुझाइएको ब्यूटीपार्लर एशोसिएसन पोखराकी सचिव बबिता केसी कार्कीले जानकारी दिइन् ।

आफुहरुले घरको कामबाट फुर्सद निकालेर व्यवसाय सञ्चालन गर्दै आफ्नो घरपरिवार धान्दै आइरहेको सन्दर्भमा विगत ६ महिनादेखी आफुहरुको व्यवसाय पूर्ण रुपमा बन्द हुदा निकै आर्थिक मार खेप्नुपरेको व्यवसाय सञ्चालन बन्द हुँदा पनि बैंक र घरधनीले घरबहाल लिने गरेको हुँदा आफुहरुले व्यवसाय नै बन्द गर्दा निकै मार परेको व्यवसायीहरुको भनाइ रहेको छ । पछिल्लो समय ब्यूटीपार्लर र सलुन चलाउनेहरुलाई प्रहरी प्रशासनबाट अमानविय ब्यबहार गर्ने र डर धम्की सँगै आफुहरु त्रासमा समेत रहेको व्यवसायीहरु बताउछन् ।

कोरोनाको महामारी पहिलेदेखी नै आफुहरुले सुरक्षित रुपमा व्यवसाय सञ्चालन गर्दै आइरहेको र अहिले स्वास्थ्य संगठनको मापदण्ड अनुसार आफुहरुले व्यवसाय सञ्चालन गर्न तयार रहदापनि प्रहरी प्रशासनले निकै दुख दिने गरेको भन्दै व्यवसायीहरुले प्रशासन सँग सात बुंदे माग समेत प्रस्तुत गरेका छन् ।

व्यवसायीहरुले कोभिड १९ को मापदण्ड अनुसार सञ्चालन गर्ने गरी तत्काल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने, बैंक वित्तिय संस्थाहरुको ब्याजमा सहुलियतको लागि सिफारिस र लकडाउन अवधिको ब्याज मिनाहा र पूर्णरुपमा खुल्ला नहुन्जेल किस्तामा सहुलियत पाउनुपर्ने, लकडाउनका कारण पूर्ण रुपमा क्षती भएको सौन्दर्य सामाग्रीको मिति कटेको हुँदा पुन सञ्चालनमा बाधा परेको र त्यसका लागी राहत पाउनुपर्ने, युवाहरु बढि मात्रामा संलग्न भएकाले युवा व्व्यवसायलाई विशेष राहतको व्यवस्था हुनुपर्ने, ब्यूटिसियनबाट समुदायमा कोरोना फैलिएको भनेर अफवाह फैल्याइएको हुँदा त्यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने, स्थानिय तह तथा अन्य सहकारी निकायबाट लिइने अन्य बार्षिक कर तथा राजश्व एक वर्षका लागि छुट गराइनुपर्ने र बैंकबाट ऋण लिइ सानो ब्यवशाय सञ्चालन गरेकाहरुलाई घटिमा ६ महिनाको किस्ता तिर्ने गरी ब्याजमा छुटको व्यवस्था गराइनुपर्ने माग राखेका छन् ।

शान्तिपूर्ण धर्नामा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङको नेतृत्वमा ब्यूटीपार्लर एशोसियसन कास्की, नेपाल ब्यूटीसियन संघ गण्डकी प्रदेश, नेपाल युथ सलोन एशोसिएसन कास्की र नेपाल नाइ संघ गण्डकी प्रदेश र कास्कीका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: