२४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु पुष्टि

Share:

काठमाडौँ । नेपालमा थप १७ कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज काठमाडौँमा मात्र चार जना संक्रमितको मृत्यु पुष्टि भएको छ।

काठमाडौँमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुष, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९ वर्षीय पुरुष, दाङमा ३९ वर्षीय पुरुष, कपिलवस्तुमा ५० वर्षीय पुरुष र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८२३ होम आइसोलेसनमा छन् भने ८ हजार ६१४ जना संस्थागत आइसोलेसनमा छन्। क्वारेन्टीनमा ६ हजार ५६५ जना रहेका छन् ।

२४ घण्टामा ११ हजार ४४९ परिक्षण भएको छ भने हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: