थप १४ सय ९७ जनामा कोरोना पुष्टि, ४५७ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५१३ महिला र ९८४ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

आज सबैभन्दा धेरै काठमाडौँका ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै चितवनमा १३७, ललितपुरमा ९५, रुपन्देहीमा ८६, मोरङमा ७३, बाँकेमा ५३, भक्तपुरमा ५१ जना, कैलालीमा ४५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बर्दियामा २४, पर्सा, सिराहामा २३, मकवानपुरमा २१, तनहुँमा १७, सप्तरीमा १६, नवलपरासी पूर्व र नवलपरासीमा १४/१४, सुनसरीमा १३, ओखलढुंगा, काभ्रेपलाञ्चोक, बाग्लुङमा १२/१२ जना, तथा धनुषा र बैतडीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा र दाङमा ९/९ जना, नुवाकोट, कास्की र स्याङ्जामा ८/८, बारा, पर्वत र प्युठानमा ६/६, सिन्धुलीमा ५, झापा, महोत्तरी, रौतहट, धादिङ, गुल्मी, पाल्पा, सल्यान, कञ्चनपुर र डोटीमा ४/४, संखुवासभा, दोलखा, अर्घाखाँची र सुर्खेतमा ३/३ जना, उदयपुर, लमजुङ, कपिलवस्तु, दैलेखमा २/२, भोजपुर, सर्लाही, रामेछाप, अछाम, डडेल्धुरा र दार्चुलामा १/१ जनामा कोरोना  भाइरस देखिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ५० हजार ४११ पुगेको छ । यो कुल संक्रमितको ७२.७ प्रतिशत हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८२३ होम आइसोलेसनमा छन् भने ८ हजार ६१४ जना संस्थागत आइसोलेसनमा छन्।आईसीयुमा २३२ जना र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । क्वारेन्टीनमा ६ हजार ५६५ जना रहेका छन् ।

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मुस्ताङ, सोलुखुम्बु, डोल्पा, हुम्ला, मुगु र रसुवा रहेका छन् ।

२४ घण्टामा ११ हजार ४४९ परिक्षण भएको छ भने हालसम्म ९ लाख ५५ हजार ९२३ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: