गण्डकीमा थप ७१ जनामा कोरोना पुष्टि, पोखरामा अपार्टमेन्टमा काम गर्ने कामदारसहित २१ जना थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा आइतबार थप ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेश अन्तर्गत कास्की जिल्लाका २१ जना, लमजुङका १६ जना, बागलुङका ३१ नवलपुरका ३ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेमा कास्की जिल्लाको पोखरा महानगरपालिकाका वडा नं. ३ का २७ बर्षीय पुरुष र वडा नं. १५ का ३८ बर्षीय पुरुष गरी २ जना नेपाल प्रहरीमा कार्यरत रहेका छन् । वडा नं. ३ का २०, २२, २३, २३ ,२४ र २८ वर्षका पुरुष तथा २५ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । उनीहरु सातै जना तेर्सापट्टिमा निर्माणाधीन अपार्टमेन्ट निर्माणका लागि काम गर्ने कामदार रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

यस्तै वडा नम्बर ८ का १९ वर्षीया महिला सहित २४, २६, ३७ र ३८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । पोखरा १४ का २५ वर्षीय पुरुष, १५ का २५ वर्षीया महिला सहित २१ र ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय पुरुष, २० का २३ वर्षीय पुरुष तथा ३३ का १९ वर्षीय पुरुष र २१ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरी लमजुङ जिल्लाको मध्यनेपाल ६ का ३५ बर्षीय पुरुष स्थानीय स्कुलका शिक्षकमा कोरोना देखिएको छ । यस्तै मध्यनेपाल ६ कै ५० र २८ वर्षका दुई महिला तथा २४, २३, २२, ३३, २०, ३१, २६ र २७ वर्षका ८ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै वडा नम्बर ७ का २५ वर्षीय पुरुष, २८, ३५ र ३८ वर्षका ३ महिला तथा वडा नम्बर १० का २८ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

यता बाग्लुङ जिल्लाको गल्कोट ३ का ४ वर्षीय बालकसहित ६६, २०, १९, ५९, ५१, ३९ र ७७ वर्षका ८ पुरुष तथा ७० वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो । यस्तै जैमिनी १ का ४० वर्षीय पुरुष र ५ का २२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । काठेखोला ३ का २५ र ४१ वर्षका २ जना पुरुष, ४ का ५२, ४१, ५२, ५७, २८ र २२ वर्षका ६ जना पुरुष, ७ का ४५ वर्षीय पुरुष, र ८ का ४१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यस्तै बाग्लुङ नगरपालिका २ का २२ वर्षीय पुरुष, ३ का २८ वर्षीय पुरुष, ६ का ४० र ५२ वर्षका २ पुरुष र १० का ४३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । जिल्लामा आज भेटिएका संक्रमितहरु भारत, जापान, ओमान, दुबई तथा क्यानडाबाट आई क्वारेन्टीनमा बसेका व्यक्ति हुन् ।

त्यस्तै नवलपरासी पूर्व जिल्लाको कावासोती १३ का ३९ वर्षीय पुरुष र १४ का ३४ वर्षीय पुरुष तथा मध्यविन्दुका ९ का ३२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ७ सय ४४ पुगेको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: