सुनचाँदीको मूल्य घट्यो

Share:

पोखरा । हप्ताको पहिलो दिन आइतबार (आज) सुनचाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ । आज सुन तोलाको ९३ हजार तीन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन तोलाको ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । हाज चाँदी तोलाको १ हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार तोलाको एक हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: