नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

Share:

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

काठमाडौंँका ५० वर्षीया महिला तथा ६१ र ६२ वर्षका दुई पुरुष, ललितपुरमा ४२ र ७७ वर्षका दुई पुरुष, बारामा २० वर्षीय, रुपन्देहीमा ७२ वर्षीय, बर्दियामा ६३ र ५० वर्षका दुई पुरुष तथा अछाममा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको छ । यो कुल संक्रमितको शून्य दशमलव ६५ प्रतिशत हो ।

हाल देशभर १९ हजार १९ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ३२१ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ६९८ जना छन्। मन्त्रालयका अनुसार हाल ६ हजार २८१ जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २२५ जना र भेन्टिलेटरमा ३३ जना उपचाररत छन् ।

आज १० हजार १२३ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: