
पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
गत भाद्र १८ गते कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेका अर्यालको आइतबार पुनः स्वाब परीक्षण गरिएकोमा सोमबार नतिजा नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गत भाद्र १८ गते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा कै प्राङ्गणमा भएको कोरोना परीक्षणमा अर्याललाई कोरोना पोजिटिभ देखिएको थियो ।
कमेन्ट गर्नुहोस्
