
पोखरा । गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार दिउँसो प्रदेश अन्तर्गत तनहुँका ८ जना, नवलपुरका ७ जना तथा गोरखा, लमजुङ र स्याङ्जाका १,१ जना गरी ५ जिल्लाका १८ जनामा संक्रमण देखिएको हो ।
क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा तनहुँ व्यास १ का २४ र ४१ वर्षका पुरुष, २ का ४८ वर्षीया महिला, ३ का ३२ वर्षीय पुरुष र ४५ वर्षीया महिला, ७ का २७ वर्षीय पुरुष, १० का २४ वर्षीया महिला र १३ का ६० वर्षीया महिला, लमजुङको राइनाश ४ का ३० वर्षीय पुरुष तथा पोखराको मणिपाल अस्पतालमा उपचाररत स्याङ्जाका ६३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा गोरखाको शहिद लखनथापा १ का ५३ वर्षीय पुरुष एवं नवलपुरको गैंडाकोट २ का २५ र ३८ वर्षका पुरुष, ८ का २८ र ४२ वर्षका पुरुष, कावासोती ३ का १० वर्षीय बालक, १६ का ३६ वर्षीय पुरुष तथा देवचुली १७ का ५२ वर्षीया पहिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७९५ पुगेको छ ।

