२४ घण्टामा १३ सय ५१ जनामा कोरोना पुष्टि, ७४२ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा १३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४३६ महिला र ९१५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सोमबार सबैभन्दा धेरै काठमाडौँ  जिल्लाका ६४९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै ललितपुरका १३२ जना, सिराहाका ५५ जना, कैलालीका ५० जना, मोरङका ४९ जना, मकवानपुरका ४० जना, भक्तपुरका ३६ जना, सुर्खेतका २९ जना, महोत्तरीका २५ जना, धनुषाका २२ जना, सुनसरी, नवलपुर र रुपन्देहीका २०/२० जना, चितवन र तनहुँका १७/१७ जना, बाँकेका १६, बझाङका १४ जना, अछामका १३ जना, धादिङका ११ जना तथा सप्तरी र काभ्रे १०/१० जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्सा, सिन्धुपाल्चोक, लमजुङ ७/७ जना, सर्लाहीका ६ जना, कपिलवस्तु, गुल्मी र नवलपरासीका ५/५ जना, सिन्धुली र कास्कीका ४/४ जना, बारा, नुवाकोट, गोरखा, पर्वत र स्याङ्जाका ३/३ जना, इलाम, खोटाङ, झापा, तेह्रथुम, भोजपुर, दाङ, बर्दिया, कालीकोट, जाजरकोट, दैलेख र सल्यानका २/२ तथा ओखलढुंगा, पाँचथर, संखुवासभा, रौतहट, दोलखा, बाग्लुङ, अर्घाखाँची, प्युठान र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ७४२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । यो कुल संक्रमितको ७३.१ प्रतिशत हो ।

हालसम्म नेपालमा कोरोना संक्रमणबाट ४८१ जनाको मृत्यु भएको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

मन्त्रालयका अनुसार ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु रहेका छन् ।

हाल देशभर १९ हजार ६२४ जना सक्रिय संक्रमित छन्। हाल ८ हजार ६९५ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ९२९ जना छन्। हाल ६ हजार ३१० जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २२५ जना र भेन्टिलेटरमा ३१ जना उपचाररत छन् ।

आज १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म ९ लाख ९८ हजार ४०७ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: