
म्याग्दी । तीन महिनादेखि अवरुद्ध बेनी–बागलुङ सडक सञ्चालनमा आएको छ। गत असारदेखि सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको बेनी–बागलुङ सडक मर्मतपछि सोमबार साँझदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।
सडकखण्डको तल्ली बान्द्रे, बागलुङ र म्याग्दीको सिमानामा पर्ने ढोडेनी खोला, रत्नेचौरको रानीबन लगायतका ठाउँमा पहिरो खसेपछि तीन महिनादेखि सडक अवरुद्ध भएको थियो।
सडक डिभिजन कार्यालयले मानिस र मेसिनको प्रयोग गरी पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालन गरेको हो ।
बेनी–मालढुङ्गा सडकको विकल्पका रूपमा रहेको बेनी–बागलुङ सडक अवरुद्ध हुँदा बेनपा–रत्नेचौर र वडा नम्बर २ ज्यामरुककोटका साथै बेनी र बागलुङ आवतजावत गर्ने सयौँ यात्रु समस्यामा परेका थिए।
कमेन्ट गर्नुहोस्
