स्याङ्जामा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, दुई घाइते

Share:

स्याङ्जा । स्याङ्जामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

जिल्लाको वालिङ ११ पेखुको पनेरगैह्रामा आज बिहान गिटी निकाल्ने क्रममा माथिबाट खसेको माटो ढिस्कोले उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ । माटोले पुरिएर गम्भीर घाइते भएकी स्थानिय ३९ वर्षका दुर्गा थापाको वालिङस्थित ग्रहौं प्राथमिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

माटोले पुरिएर घाइते भएका ३५ वर्षकी मुना थापा र ३१ वर्षका नारायणी सिंजालीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: