
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार ५५६ महिला र ९५७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै काठमाडौँ जिल्लाका ७४७ जना रहेका छन् ।
यस्तै ललितपुरका ११४ जना, मोरङका १०१ जना, रुपन्देहीका ९५ जना, भत्तपुरका ७३ जना चितवनका ६२ जना, बाँकेका ४१ जना, सुनसरीका ३२ जना, कैलालीका २७ जना, पर्साका २३ जना, बर्दियाका १९ जना, कपिलवस्तुका १८ जना, कास्कीका १६ जना, नवलपुरका १५ जना, काभ्रेका १३ जना, दाङका ११ जना र धनुषाका १० जनामा संक्रमण देखिएको छ ।
झापाका ९ जना, सिराहा र कञ्चनपुरका ८/८ जना, वैतडीका ७ जना, सर्लाही, मकवानपुर र पाल्पाका ६/६ जना, सप्तरी र नवलपरासीका ५/५ जना, बारा, धादिङ र नुवाकोटका ४/४ जना, सिन्धुलीका ३, उदयपुर, तेह्रथुम, महोत्तरी, गोरखा, स्याङ्जा र गल्मीका २/२ जना तथा इलाम, ओखलढुंगा, भोजपुर, रामेछाप, सिन्धुपाल्चोक, रोल्पा, रुकुम पश्चिम, डडेलधुरा र डोटीका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ७३१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । यो कुल संक्रमितको ७२.६ प्रतिशत हो ।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो कुल संक्रमितको ०.६४ प्रतिशत हो ।
मन्त्रालयका अनुसार ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु रहेका छन् ।
हाल देशभर २० हजार ३९६ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ६८९ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन १० हजार ७०७ जना छन्। हाल ६ हजार ३१० जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २१३ जना र भेन्टिलेटरमा ३४ जना उपचाररत छन् ।
आज १० हजार ८९१ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
