पोखराका १२ जना सहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका १२ जना सहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका १२ जनामा कोरोना देखिएको छ ।

संक्रमित हुनेमा पोखरा १ का ३५ वर्षीय पुरुष, पोखरा ६ का १९ वर्षीय पुरुष, पोखरा ७ का २३, २७ र २९ वर्षीय पुरुष, पोखरा १० का ३१ वर्षीय पुरुष, पोखरा ११ का ३९ वर्षीय पुरुष, पोखरा १३ का ५९ वर्षीय पुरुष, पोखरा १७ का ३८ वर्षीय पुरुष, पोखरा २६ का २६ वर्षीय पुरुष र पोखरा २९ का २९/२९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै तनहुँमा ४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको व्यास ४ का ३० र ४३ वर्षीय पुरुष, ७ का २१ वर्षीय पुरुष तथा म्याग्देका ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

त्यसै गरी स्याङजामा ३ जनामा कोरोना देखिएको छ । जिल्लाको पुतलीबजारका १७ र ३० वर्षीय पुरुष र आँधिखोलाका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यता गोरखाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित हुनेमा गोरखा नगरपालिकाका १७ र ३२ वर्षीय पुरुष र ३५ वर्षीया महिला रहेका छन् ।

यसैगरी नवलपुर वैदीकाली २ का ४७ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय ३३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: