यस्तो रहन्छ आज देशभरको मौसम!

Share:

पोखरा । देशभर बुधबारको मौसम सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश, प्रदेश नं १, बागमती प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राती पनि गण्डकी प्रदेश, प्रदेश नं १, बागमती प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: