भारतका उपराष्ट्रपति नायडूलाई कोरोना संक्रमण

Share:

काठमाडौँ । भारतका उपराष्ट्रपति वैंकैया नायडूलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

उपराष्ट्रपति नायडूको सचिवालयले ट्वीट गरेर उनको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएको हो । उनलाई घरमै आइसोलेशनमा बस्न सल्लाह दिइएको छ । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

गएको २४ घण्टामा भारतमा ८० हजार ५ सय बढी संक्रमित थपिएका छन् । हालसम्म भारतमा सङ्क्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ । जसमध्ये ५१ लाख ८४ हजार निको भएका छन् भने हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: