विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख नाघ्यो, १० लाख १२ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन करोड ३८ लाख नाघेको छ ।

पछिल्लो विवरणअनुसार अनुसार कोरोना संक्रमितको संख्या ३ करोड ३८ लाख ३७ हजार ७ सय ८ पुगेको छ ।

संक्रमितमध्ये २ करोड ५१ लाखभन्दा बढी मानिस कोरोनामुक्त भई घर फर्किसकेका छन् । हालसम्म विश्वमा १० लाख १२ हजार ५ सय ७८ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा कोरोना संक्रमितको संख्या ७४ लाख ६ हजारभन्दा बढी पुगेको छ भने २ लाख १० हजारभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

दोस्रो प्रभावित मुलुक भारतमा सङ्क्रमितको संख्या ६२ लाख २३ हजार ५१९ पुगेको छ भने हालसम्म ९७ हजार ५ सय २९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख ८० हजार ३१७ पुगेको छ भने ज्यान गुमाउनेको संख्या १ लाख ४३ हजार पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: