विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख नाघ्यो, १० लाख १८ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएका छन् । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको छ ।

यस्तै २४ घण्टामा ६ हजार १८४ संक्रमितको मृत्यु भएका छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख १८ हजार १९३ पुगेको छ ।

वल्डो मिटर्सलेको तथ्यांक अनुसार हालसम्म २ करोड ५४ लाख १२ हजार ७३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमित संख्या ७४ लाख ४७ हजार २७३ पुगेको छ । त्यहाँ २ लाख ११ हजार ७३८ संक्रमितको मृत्यु भइसकेको छ ।

दोस्रो प्रभावित भारतमा कोरोना संक्रमितको संख्या ६३ लाख १० हजार २६७ पुगेको छ भने त्यहाँ ९८ हजार ७०८ संक्रमितको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: