
पोखरा । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक साप्ताहिक पेएज यूगो योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले करबाहेक ४० पैसाप्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।
यो योजना यहि बुधबारदेखि लागू भएको छ । पेएजयूगो अर्थात् मेन ब्यालेन्सबाटै विद्यमानप्रति एमबी करबाहेक दुई रुपैयाँमा डेटा सेवा प्रयोग गर्ने र सुलभ दरमा डेटा सेवा प्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई ध्यानमा राखेर सुलभ दरमा सेवा प्रदान गर्न यो योजना ल्याइएको हो ।
यस योजनामा ग्राहकले आफ्नो मेन ब्यालेन्सबाट जति धेरै खर्च गर्दछन् त्यसै अनुरुप डेटाको शुल्क अझ सुलभ हुँदै जान्छ । यदी ग्राहकले पेएजयूगो अन्तर्गत एक हप्तामा डेटाका लागि रु २० सम्म खर्च गरेमा विद्यमान पेएज यूगो शुल्क रु २ प्रतिएमबी पर्दछ । एक हप्तामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटा सेवामा खर्च गर्ने बित्तिकै सेवा प्रयोगका लागि प्रति एमबी शुल्क एक रुपैयाँमा झर्दछ । त्यसैगरी यदीग्राहकले एक हप्तामा रु ५० भन्दा बढी खर्च गर्ने बितिकै प्रतिएमबीमात्र रु ४० पैसामा मेन ब्यालेन्बाटै डेटा सेवाको फाइदालिन सक्ने छन् ।
साप्ताहिक चक्रमा हरेक हप्ता आइतबारदेखि शनिबारसम्ममा ग्राहकले पेएज यूगो डेटा अन्तर्गत गरेको खर्चको आधारमा यो योजना संचालन हुने एनसेलले जनाएको छ ।
जस्तै कुनै ग्राहकले आइतबार देखि बुधबार सम्ममा पेएज यूगो डेटा सेवामा रु २३ खर्च गरेमा ग्राहकको मेन ब्यालेन्सबाट रु २० भन्दा बढि खर्च हुने बित्तिकै पेएज यूगो शूल्क त्यहि हप्ताको शनिबार मध्यरात सम्मका लागि रु १ प्रति एमबीमा झर्नेछ । त्यस्तै सोहि ग्राहकको खर्च उक्त हप्ता रु ५० भन्दा बढि हुने बित्तिकै ग्राहकले त्यस हप्ताको शनिबार मध्यरात सम्मका लागि मात्र ४० पैसा प्रति एमबीमा डेटा सेवाको फाइदा लिन सक्दछ ।
आफ्ना ग्राहकका लागि मेन ब्यालेन्स बाटै सुलभ दरमा डेटा सेवा सुनिश्चित गर्ने यो आकर्षक सेवा ल्याउन पाएकोमा एनसेल निकै हर्षित रहेकोे कम्पनीले जनाएको छ । सुलभ दरमा डेटा प्रयोग गर्न डेटा प्याकहरु सबै भन्दा राम्रो विकल्प भएपनि, यस योजनाले कुनै डेटा प्याक सुचारु नगरी पेएज यूगोमा डेटा चलाउने ग्राहकलाई ठूलो फाइदा पुर्याउने विश्वास एनसेलको रहेको छ ।
