बिहीबार कास्कीका २३ सहित गण्डकी प्रदेशमा ६५ जना कोरोना संक्रमित थपिए, ५१ जना डस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ७५ पुगेको छ ।

आज (बिहीबार) मात्रै कास्कीका २३ जनासहित गण्डकी प्रदेशमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले ४ पटक अध्यावधिक विज्ञप्ति जारी गरी सो बारे जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार आज मात्रै कास्कीको पोखरा महानगरपालिकाका २१ जना तथा माछापुछ्रे गाउँपालिकाका २ जनामा कोरोना देखिएको छ ।

निर्देशनालयले जारी गरेको पछिल्लो (चौथो) विज्ञप्ति अनुसार कास्कीका ७ जनासहित गण्डकी प्रदेशमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अन्तर्गत कास्कीका ७, बाग्लुङका ६ जना, लमजुङका १० जना, म्याग्दीका ३ जना गरी ४ जिल्लाका २६ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका २२ का २९ वर्षीय पुरुष, पोखरा ८ का ६५ वर्षीय पुरुष, पोखरा ६ की ३५ वर्षीया महिला, ११ की २४ वर्षीया महिला, ५ की ३५ वर्षीया महिला तथा माछापुच्छ्रे गाउँपालिका ६ का ५७ वर्षीय पुरुष र ५२ वर्षीया महिला रहेका छन् ।

बाग्लुङको बाग्लुङ नगरपालिका २ का २४ वर्षीय पुरुष र १० का ३४ वर्षीय पुरुष, बरेङ २ का २१ र ३४ वर्षीय पुरुष तथा ३ का २५ वर्षीय पुरुष र ५४ वर्षीया महिला, लमजुङ दुधपोखरी २ का १९ वर्षीय पुरुष, मध्येनेपाल ६ का २२ र ४९ वर्षीय पुरुष तथा १९, ३० र ३२ वर्षका महिला, बेसीसहर ८ का २७ वर्षीय पुरुष तथा ७ का २१, २७ र ३२ वर्षका पुरुष, म्याग्दीको मालिका ६ का २० वर्षीय पुरुष तथा अन्नपुर्ण ६ का १८ वर्षीय पुरुष र ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको नर्देशनालयले जनाएको छ ।

तेस्रो विज्ञप्ति अनुसार प्रदेशमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निर्देशनालयका अनुसार बाग्लुङका ४ जना र तनहुँका ५ जना गरी ९ जनामा कोरोना देखिएको हो ।

संक्रमित हुनेमा बाग्लुङको काठेखोला ३ का २४ वर्षीय पुरुष, ७ का २० र ४३ वर्षीय पुरुष तथा ५ का १४ वर्षीय बालक रहेका छन् ।

तनहुँ सुक्लागण्डी ८ का २२ र ३३ वर्षका पुरुष, ४ का ३१ वर्षीय पुरुष, ५ का ५७ वर्षीया महिला तथा वडा नखुलेका १९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै दोस्रो विज्ञप्ति अनुसार पोखराका १६ जनासहित १९ जनामा कोरोना देखिएको छ ।

निर्देशनालयका अनुसार आयल निगममा कार्यरत पोखरा महानगरपालिका ३० का ४१ बर्षीय पुरुष, भारतबाट आएका पोखरा महानगरपालिका २९ का ४१ बर्षीय पुरुष, वार्ड नं ३० का २२ बर्षीय पुरुष, वार्ड नं. ३ का ४८ बर्षीय पुरुष, वार्ड नं. १७ का ४५ बर्षीय पुरुषमा कोरोना देखिएको छ ।

पोखरा २९ का २० वर्षका पुरुष, ३१ का १९, २७ र २८ वर्षका पुरुष, ११, १४, १८, १९, २६, ३४ र ६० वर्षका महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा भिरकोटका २१, २२ र २८ वर्षका पुरुषमा पनि कोरोना देखिएको छ ।
निर्देशनालयले जारी गरेको पहिलो विज्ञप्ति अनुसार प्रदेशमा ११ कोरोना संक्रमित थपिएका छन् । बिहीबार बिहान बाग्लुङका ६ जना र नवलपुरका ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

निर्देशनालयका अनुसार भारतबाट आएका बाग्लुङको निसिखोला ५ का २० वर्षीय पुरुष, ३ का २६ र ३१ वर्षका पुरुष तथा रौतहट जिल्लाबाट आएका बाग्लुङको गल्कोट ४ का २७ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी (ब.सु.पू) को देबचुली २ का वार्ड कार्यालयमा कार्यरत ४३ बर्षीय पुरुष, कावासोती ८ का २७ वर्षीय पुरुष, ३ का ३० वर्षीया महिला, ९ का ३५ वर्षीया महिला र २ का ४२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी बिहीबार गण्डकीमा ५१ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । यससँगै गण्डकीमा निको हुनेको संख्या २ हजार ७ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९५१ परिक्षण भएको र हालसम्म ७० हजार २६४ परिक्षण भएको निर्देशनालयले जनाएको छ ।

अहिलेसम्म गण्डकीमा ३३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । हाल प्रदेशमा १ हजार १ सय ४९ सक्रिय संक्रमित रहेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: