
पोखरा । देशभर शुक्रबारको मौसम सामान्य बदली रही थोरै स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी भू–भाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि सामान्य बदली रहेको छ ।
शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।
यस्तै राती पनि प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।
हाल उत्तर पश्चिम बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेको छ ।
यसको प्रभाव रहेसम्म नेपालमा मनसुन केहि दिन लम्बिने रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अझै केही दिन मनसुन रहनेछ ।
सामान्यतः सेप्टम्बर २३ सम्ममा नेपालमा मनसुन अन्त्य हुने भए पनि यो वर्ष मनसुन केही लम्बिएको छ ।
