
काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ४४ लाख नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४४ लाख ७० हजार ७७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख १५ हजार ३१ जना संक्रमित थपिएका हुन् ।
यस्तै २४ घण्टामा थप ८ हजार ८४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ४८९ पुगेको छ ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म २ लाख १२ हजार ६६० जनाको मृत्यु भएको छ । त्यहाँ २४ घण्टामा ९२० जनाको मृत्यु भएको हो ।
अमेरिकामा २४ घण्टामा ४७ हजार ३८९ जना संक्रमित थपिएका छन् । यससँगै त्यहाँ संक्रमितको संख्या ७४ लाख ९४ हजार ६७१ पुगेको छ ।
यसैगरी दोस्रो प्रभावित भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ९९ हजार ८०४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९६ जनाको मृत्यु भएको हो ।
भारतमा पछिल्लो २४ घण्टामा ८१ हजार ६९३ संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या संख्या ६३ लाख ९१ हजार ९६० पुगेको छ ।
