कोरोना भाइरसः २४ घण्टामा ११ को मृत्यु पुष्टि, २७२२ संक्रमित थपिए, ३३०७ जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु पुष्टि भएको छ। शुक्रबार ८ वटा जिल्लाका ४ महिला र ७ पुरुषको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुने महिलामा काठमाडौँकी ६७ वर्षीया, भक्तपुरका ५१ र ६१ वर्षका दुई जना तथा सुर्खेतकी ७५ वर्षीया रहेका छन् ।

यस्तै मृत्यु हुने पुरुषमा मोरङका २७ वर्षीय, ललितपुरका ३२ र ७० वर्षका, मकावनपुरका ७८ वर्षीय, रुपन्देहीका ६० वर्षीय, बाँकेका ५२ र ५९ वर्षका रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको मन्त्रालयले जानकारी दिएको छ । यो कुल संक्रमितको ०.६५ प्रतिशत हो ।

यसैगरी शुक्रबार २७ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९६५ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

संक्रमित हुनेमा सबैभन्दा धेरै काठमाडौँका १२८० जना रहेका छन् ।

यस्तै भक्तपुरमा १९६ जना, ललितपुरका १६२ जना, मोरङका १५० जना, सुर्खेतका १२२, रुपन्देहीका ९२, चितवनका ८३, बाँकेका ७०, मकवानपुरका ५५, दाङका २८, गुल्मीका २६, पर्साका २४, झापा, सुनसरी, काभ्रे, धादिङ र नवलपरासीका २३/२३ जना, सिराहाका २२, नवलपुरका १६, सप्तरी र दार्चुलाका १५/१५ जना, बारा र लमजुङका १४/१४ जना, सिन्धुली, कास्की र कैलालीका १३/१३ जना, बागलुङका १२, नुवाकोट, पाल्पा र प्युठानका ११/११ जना तथा सिन्धुपाल्चोक, अर्घाखाँची र दैखेलका १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।

बर्दियाका ९ जना, अछाम र डोटीका ८/८ जना, तनहुँ, कपिलवस्तु र कञ्चनपुरका ७/७ जना, महोत्तरी, सर्लाही र जुम्लाका ६/६ जना, धनुषा र बझाङका ५/५ जना, रौतहट र गोरखाका ४/४ जना, रामेछाप, म्याग्दी, कालीकोट र बैतडीका ३/३ जना, उदपयुर, तेह्रथुम, दोलखा, स्याङ्जा र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, संखुवासभा, पर्वत र बाजुराका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

यसैगरी २४ घण्टामा ३३०७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । यो कुल संक्रमितको ७३.६ प्रतिशत हो ।

मन्त्रालयका अनुसार ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, ललितपुर, मोरङ, सराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

हाल देशभर २१ हजार २३४ जना सक्रिय संक्रमित छन्। हाल ९ हजार ४७४ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन ११ हजार ७६० जना छन्। हाल ४ हजार ८८५ जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २१० जना र भेन्टिलेटरमा २९ जना उपचाररत छन् ।

आज १४ हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म १० लाख ४८ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ।

कमेन्ट गर्नुहोस्
Share: