शुक्रबार पोखराका ७ सहित गण्डकी प्रदेशमा ११ कोरोना संक्रमित थपिए, ३८ जना डिस्चार्ज

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ८६ पुगेको छ ।

प्रदेशमा शुक्रबार मात्र ११ जना कोरोना संक्रमित थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की सहित गण्डकी प्रदेशका ३ जिल्लाका ९ पुरुष र २ महिला गरी ११ जनामा कोरोना देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिका ३२ का ४७ वर्षीय पुरुष, ६ का ५९ वर्षीय पुरुष, ४ का ६८ वर्षीय पुरुष, पोखरा ५ का २९ वर्षीय पुरुष र २९ वर्षीया महिला, १४ की २९ वर्षीया महिला, पोखरा ७ का ४९ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी लमजुङ सुन्दरबजारका २५ र ४९ वर्षका पुरुष तथा स्याङ्जा वालिङ ५ का ३० वर्षीय र १४ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यसैगरी आज ३८ जना संक्रमणमुक्त भएका छन् । यससँगै गण्डकी प्रदेशमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २ हजार ८३१ पुगेको छ ।

हाल प्रदेशमा १ हजार १२२ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४५४ परिक्षण भएको छ । हालसम्म गण्डकीमा ७० हजार ७१८ परिक्षण भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: