पोखरामा एक वृद्ध मृत फेला

Share:

पोखरा । कास्कीको पोखरामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।

शुक्रबार बिहान ०६ः३० बजे पोखरा महानगरपालिका १९ रैकर सिम्लाथर बस्ने वर्ष ७० को टेक नाथ पौडेल मृत फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पौडेल बिहान ०४ः०० बजे बाट बाहिर निस्किएकोमा घर भन्दा पूर्व २ कि.मि. टाढा पोखरा १९ मर्दीखोला दोभानको पुल नजिकै घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: