पोखराका १० सहित गण्डकीमा १७ जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । पोखराका १० सहित गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा कास्की सहित ३ जिल्लाका १७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

संक्रमित हुनेमा स.प्र.मु.का.(गण), कास्की पोखरा महानगरपालिका–१७ मा कार्यरत नेपाल प्रहरी का २४ र २३ बर्षका २ जना पुरुष, भारतबाट आएका पोखरा महानगरपालिका–२४ का ३८ वर्षीय र १३ ४२ वर्षीय २ जना पुरुषहरु, पोखरा ८ का ३० वर्षीया महिला र २९ वर्षीय पुरुष, ६ का २८ र ८६ वर्षका २ महिला तथा पोखरा १६ का २९ वर्षीय पुरुष रहेका छन् ।

यस्तै भारतबाट आएका गोरखाको गोरखा नगरपालिका १२ का ५७ वर्षीय पुरुष र ४९ वर्षीया महिला, काठमाडौँबाट आएका गोरखा आरुघाट ४ का ४५ वर्षीय पुरुष, बारपाक सुलिकोट ३ का ३० वर्षीय पुरुष र ३८ वर्षीया महिला, तनहुँ ६ का २७ वर्षीय पुरुष, भारतबाट आएकी तनहुँ भिमाद २ की ५ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: