
काठमाडौँ । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ४८ लाख नाघेको छ ।
वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४८ लाख १७ हजार ८५२ पुगेको छ ।
यस्तै विश्वभर मृत्यु हुनेको संख्या १० लाख ३२ हजार २६१ पुगेको छ भने २ करोड ५८ लाख ८५ हजार ३७५ जना निको भएका छन् ।
कोरोनाबाट सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा संक्रमित संख्या ७५ लाख ४९ हजार ३२३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४७ लाख ७६ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् भने मृतक संख्या २ लाख १३ हजार ५२४ पुगेको छ ।
यस्तै दोस्रो प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ६४ लाख ७१ हजार ७३४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५४ लाख २४ हजार ९३४ जना संक्रमणमुक्त भएका छन् भने मृतक संख्या १ लाख ८७३ पुगेको छ ।
