प्रधानमन्त्रीका सचिवालयका प्रमुख सल्लाहकारसहित ५ जनालाई कोरोना संक्रमण

Share:

काठमाडौँ । प्रधानमन्त्री सचिवालयका ५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।

शुक्रबार गरिएको स्वाब परीक्षणमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा‚ प्रमुख सल्लाहकार विष्णु रिमाल‚ परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटो पत्रकार राजन काफ्लेलाई कोरोना संक्रमण देखिएको हो।

प्रमुख सल्लाहकार रिमालले आफूलाई संक्रमण भएको ट्वीटरमार्फत जानकारी दिएका हुन् । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन्।

कमेन्ट गर्नुहोस्
Share: