
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। शनिबार ७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुनसरीमा २८ वर्षीया महिला, चितवनमा ७६ वर्षीया महिला, ललितपुरमा ८३ र ६८ वर्षीय पुरुष, सिन्धुपाल्चोकमा ४१ वर्षीय, दोलखामा ६५ वर्षीय र कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २८ पुगेको छ। कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६२ प्रतिशत छ।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ७६६ महिला र १३५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको छ।
आज सबैभन्दा धेरै काठमाडौँका १००१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीका १२२ जना, मोरङका १११ जना, ललितपुरका १०९ जना, रुपन्देहीका ९८ जना, कैलालीका ९३ जना, रौतहटका ८२ जना, चितवनका ७५ जना, भक्तपुरका ६७ जना, सुर्खेतका ४३ जना, बाराका २५ जना, कास्कीका २२ जना, सप्तरी र बाँकेका १९/१९ जना, पर्साका १८ जना, काभ्रेका १४ जना, धनुषाका १३ जना, मकवानपुरका १२ तथा तनहुँ र बर्दियाका १०/१० जनामा संक्रमण देखिएको छ ।
झापा र दैलेखका ९/९ जना, सिराहा, धादिङ, नुवाकोट र नवलपुरका ८/८ जना, उदयपुर र पाल्पाका ७/७ जना, रामेछाप, गोरखा, कपिलवस्तु, नवलपरासी र प्युठानका ६/६ जना, खोटाङ, महोत्तरी, सर्लाही र कञ्चनपुरका ५/५ जना, ओखलढुंगा र दोलखाका ४/४ जना, संखुवासभा र लमजुङका ३/३ जना, स्याङ्जा, अर्घाखाँची, गुल्मी र डडेलधुराका २/२ जना तथा पर्वत, म्याग्दी, बाग्लुङ,रोल्पा, कालीकोछ, दार्चुला, बझाङ र बाजुराका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।
गत २४ घण्टामा १२ हजार ९ सय ७८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर २१ हजार ३०२ जना सक्रिय संक्रमित छन्। ११ हजार ५२९ जना होम आइसोलेसनमा छन् भने ९ हजार ७७३ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २१७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।
