गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १५ पुग्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ८ जना सहित थप १२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित संख्या ४ हजार १५ पुगेको छ ।

शनिबार निर्देशनालयले जारी गरेको पछिल्लो विज्ञप्ति अनुसार कास्कीको पोखरा महानगरपालिकाका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा शनिबार दिउँसो गरिएको परीक्षणमा पोखराका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा पोखरा महानगरपालिका वडा नं ४ का २९ वर्षीया महिला र ३५ वर्षीय पुरुष, वडा नं १० का ४६ वर्षीया महिला, वडा नं १७ का १७ वर्षीय पुरुष र वडा नखुलेका २७ वर्षीय पुरुष छन् ।

यसअघि निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार पोखराका ३ सहित गण्डकी प्रदेशमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा शनिबार दिउँसो गरिएको परीक्षणमा वडा नं ५ का २९ वर्षीया महिला, वडा नं १० का ५३ वर्षीया महिला, वडा नं १७ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यस्तै स्याङ्जा फेदीखोला गाउँपालिकाका ५५ वर्षीय पुरुष, लमजुङ राइनास २ का ६८ वर्षीय पुरुष, राइनास ६ का ४५ वर्षीय पुरुष, म्याग्दी रघुगंगा ३ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

आजै बिहान पनि पोखराका १० जना सहित गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: