पोखराका ३ सहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ३ सहित गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश अन्तर्गत कास्की, तनहुँ, लम्जुङ र नवलपुर गरी ४ जिल्लाका २२ जनामा कोरोना संक्रमण देखिएको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा कास्की जिल्लाको पोखरा महानगरपालिका ८ का २४ वर्षीय पुरुष, १० का ३६ वर्षीय पुरुष, ३५ र ४२ वर्षका पुरुष, लमजुङ जिल्लाको बेसीसहर ४ का ५६ वर्षीय पुरुष, तनहुँ जिल्लाको व्यास १० का ३५ वर्षीय पुरुष, चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा तनहुँकै आबुखैरेनी ६ का २४ वर्षीय पुरुष, बन्दीपुर ४ का ५७ वर्षीय पुरुष र १ का ४५ वर्षीय पुरुष तथा देबघाट ५ का ३५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

यस्तै नवलपुर गैंडाकोटा १ का ४५ वर्षीय पुरुष, २ का ५२ वर्षीया महिला, ८ का ३० वर्षीय पुरुष, १२ का २८ वर्षीय पुरुष, मध्यविन्दु ७ का ६७ वर्षीय पुरुष, ११ का ६८ वर्षीया महिला, कावासोती ३ का ३३ वर्षीय पुरुष, ८ का ४४ वर्षीय पुरुष, १५ का ३१ र ६१ वर्षका पुरुष, हुप्सेकोट ३ का १७ वर्षीया महिला तथा बुलिङटार ४ का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ११९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: