कोरोना भाइरसः थप ७ को मृत्यु, २२ सय ५३ संक्रमित थपिए, १३ सय २९ डिस्चार्ज

Share:

काठमाडौँ । पछिल्लो २४ घण्टामा सात जना कोरोना संक्रमितको मृत्यु भएको छ। आइतबार ६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मृत्यु हुने महिलामा मकावनपुरका ५ दिनका बालिका, चितवनकी ५५ वर्षीया, बाँकेकी २५ वर्षीया र कञ्चनपुरकी २९ वर्षीया रहेका छन् ।

यस्तै मृतक पुरुषमा काठमाडौँका ५५ वर्षीय, ललितपुरका ७७ वर्षीय र बाँकेका ६० वर्षीय रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ३५ पुगेको छ। कुल संक्रमितमध्ये मृत्यु हुने दर ०.६२ प्रतिशत छ।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर २२ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार ८३० महिला र १४२३ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौँका १३ सय ७३ जना रहेका छन् ।

यस्तै ललितपुरका १८७ जना, मोरङका ८१ जना, कैलालीका ५५ जना, सुर्खेतका ५४ जना, चितवन र रुपन्देहीका ५२/५२ जना, बाँकेका ५० जना, नवलपुरका ४० जना, भक्तपुरका ३९ जना, मकावनपुरका २२ जना, कञ्चनपुरका २१ जना, तनहुँका १९ जना, झापाका १६ जना, पाल्पाका १५ जना, नुवाकोटका १४ जना, बर्दियाका १३ जना, काभ्रेका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषा र दाङका ९/९ जना, सुनसरी, पर्सा, धादिङ, सिन्धुपाल्चोक र दैलेखका ८/८ जना, बारा, सिराहा, लमजुङ ७/७ जना, सर्लाही ६ जना, रौतहट, प्युठानका ५/५ जना, कास्की, स्याङ्जा, कपिलवस्तु, गुल्मीका ४/४ जना, खोटाङ, सप्तरी र बाग्लुङका ३/३ जना, उदयपुर, दोलखा, रसुवा, रामेछाप, रुकुम पश्चिम र सल्यानका २/२ जना तथा भोजपुर, संखुवासभा, महोत्तरी, नवलपरासी, कालीकोट, डडेलधुरा, बझाङ र बैतडीका एकएक जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा १३ सय २९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६४ हजार ६९ पुगेको छ ।

आज १२ हजार ७८४ जनाको पिसिआर परीक्षण भएको छ भने हालसम्म १० लाख ७४ हजार ४४८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा काठमाडौँ, भक्तपुर, चितवन, मोरङ, ललितपुर, सिराहा र रुपन्देही रहेका छन् । त्यस्तै शून्य संक्रमित रहेको जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

हाल देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित छन्। हाल १० हजार ३२६ जना संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसन ११ हजार ८९३ जना छन्। हाल ४ हजार २०३ जना क्वारेन्टीनमा छन्। हाल आईसीयुमा २२६ जना र भेन्टिलेटरमा ३४ जना उपचाररत छन् ।

कमेन्ट गर्नुहोस्
Share: