गण्डकी प्रदेशमा फेरी ५६ कोरोना संक्रमित थपिए

Share:

पोखरा । गण्डकी प्रदेशमा फेरी ५६ जना कोरोना संक्रमित थपिएका छन् । आइतबार बेलुका प्रदेशका नवलपुर, बाग्लुङ, तनहुँ र गोरखा गरी ४ जिल्लाका ५६ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुुसार नवलपुरका मात्रै ३६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा जिल्लाको गैंडाकोटका वडा नं. ९ का २६ वर्षीय पुरुष र वडा नखुलेको ४० वर्षीय पुरुष, मध्यविन्दुका वडा नं. २ का ३८ वर्षीय पुरुष, वडा नं. ८ का ४० र ७२ वर्षका पुरुष, वडा नं. ७ का १३ वर्षीया बालिका, देवचुली वडा नं. २ का ७९ वर्षीय पुरुष, वडा नं. ६ का २५ वर्षीय पुरुष, वडा नं. ७ का ६८ वर्षीया महिला, वडा नं. ११ का ८ वर्षीय बालक सहित २४, २८, २५, ३६, २४, ३५, २७, २० र ३५ वर्षका पुरुष, वडा नं. १२ का ४४ वर्षीय पुरुष, वडा नं. १३ का १७, ३६, ६१, ५५, ३६, २६ र ५५ वर्षका पुरुष तथा १४ वर्षीया बालिका सहित ४०, ४७, २८ र ५९ वर्षका महिला, वडा नं. १४ का २६ वर्षीय पुरुष, वडा नं. १५ का ५१ वर्षीय पुरुष, वडा नं. १७ का ३६ वर्षीय पुरुष र वडा नखुलेका २५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै बाग्लुङका १५ जनामा कोरोना संक्रमण दखिएको छ । संक्रमित हुनेमा जिल्लाको बाग्लुङ नगरपालिका वडा नं. १ का ३९ वर्षीय पुरुष, वडा नं. २ का ३८, ३३, ३४, ३४, २७, ३२, ३२, २९, २७, २६, ३६ र २६ वर्षका पुरुष, वडा नं. ३ का २७ वर्षीय पुरुष, वडा नं. ७ का ३६ वर्षीय पुरुष रहेका छन् ।

तनहुँमा ४ जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा जिल्लाको व्यास वडा नं. ३ का ४६ वर्षीया महिला र ३५ वर्षीय पुरुष, शुक्लागण्डकी वडा नं. ४ का १८ वर्षीय पुरुष र ३५ वर्षीय पुरुष रहेका छन् ।

यता गोरखा जिल्लाको पालुङ्टार वडा नं. ५ का ४० वर्षीय एक पुरुषमा पनि कोरोना देखिएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार १७५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: