
पोखरा । पोखरा महानगरपालिकामा फेरी १० जना कोरोना संक्रमित थपिएका छन् । सोमबार दिउँसो कास्कीको पोखराका १० जना र र तनहुँको आँवुखैरेनीका १ जना गरी ११ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाकारी दिएको हो ।
संक्रमित हुनेमा पोखरा वडा नं. ६ का १८ वर्षीया महिला, वडा नं. ७ का १६ वर्षीय पुरुष र ७३ वर्षीया महिला, वडा नं. ९ का ५३ वर्षीय पुरुष, वडा नं. १० का १० वर्षीय बालक सहित ६८ वर्षीय पुरुष र ३३ वर्षीया महिला, वडा नं. ११ का ४६ वर्षीय पुरुष, पोखरा १६ का ७२ वर्षीय पुरुष र पोखरा १७ का ५३ वर्षीय पुरुष रहेका छन् ।
यस्तै तनहुँको आँवुखैरेनी वडा नं. १ का २० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या ४ हजार २ सय १३ पुगेको छ ।
यसअघि आजै बिहान पोखराका २६ जनासहित गण्डकीमा २७ कोरोना संक्रमित थपिएका थिए ।
