
नवलपुर । नवलपुरमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा सोमबार बेलुका नवलपुको बौदीकालीका ३ वटा वडाका ६ जनामा कोरोना देखिएको हो ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार नवलपुर बौदिकाली वडा नं. २ का २५, ३२ र ३९ वर्षका तीन पुरुष, वडा नं. १ का १८ र ४९ वर्षका दुई पुरुष तथा वडा नं. ६ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार २ सय ३७ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
