पोखरामा १४ वर्षीया आफ्नै भतिजीलाई करणी गर्ने युवक पक्राउ

Share:

पोखरा । पोखरामा आफ्नै भतिजी १४ वर्षीया बालिकालाई करणी गर्ने सर्लाही जिल्ला निवासी २१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

ती युवाले वि.स. २०७६ पुस २ गते पोखरामा आफ्नै भतिजीलाई घरमा कोही नभएको अवस्थामा डरधम्की देखाई पेटमा गर्भसमेत रही पिडित बालिकाले वि.स. २०७७ भदौ २९ गते छोरा समेत जन्माएकी भन्ने जाहेरीका आधारमा ती युवकलाई आइतबार सर्लाहीबाट पक्राउ गरिएको हो ।

वि.स. २०७७ असोज १८ गते आइतबार कास्की प्रहरीले सर्लाही प्रहरी कार्यालयमा समन्वय गरी उनलाई सर्लाहीबाट पक्राउ गरिएको हो ।

ती युवकविरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: