विश्वमा प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना संक्रमण भइसकेको हुन सक्छः डब्ल्युएचओ

Share:

काठमाडौँ । विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ ।

महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकले यस्तो निश्कर्ष निकालेको बीबीसीले जनाएको हो । डब्ल्यूएचओले विश्वभर १० प्रतिशतमा कोरोना भएको पनि अनुमान गरेको छ ।

अहिले विश्वभर तीन करोड ५६ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तर डब्ल्यूएचओले सङ्क्रमितको वास्तविक संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ ।

विज्ञहरुले यसअघि पनि वास्तविक सङ्क्रमितको संख्या पुष्टि भएको भन्दा निकै धेरै रहेको बताउँदै आएका छन् ।

विश्वमा ३ करोड ५६ लाख बढी संक्रमित

विश्वमा ३ करोड ५६ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ३ करोड ५६ लाख ९५ हजार ४११ पुगेको छ ।

यस्तै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख ४५ हजार ८९२ पुगेको छ भने अहिलेसम्म २ करोड ६८ लाख ६४ हजार ६७२ जनाले कोरोनालाई जितेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: