
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार ५०९ महिला र १०४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै काठमाडौँका ७८३ जना रहेका छन् ।
यस्तै ललितपुरमा ११८ जना, भक्तपुरमा ११६ जना, रुपन्देहीका ९६ जना, चितवनका ८१ जना, दाङका ३४ जना, मोरङका २७ जना, काभ्रेका २४ जना, गोरखा र कैलालीका २०/२० जना, सुनसरीका १९ जना, महोत्तरीका १५ जना, नवलपुरका १३ जना, धनुषाका १२ जना, सिराहा र कालीकोटका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सर्लाही र दैलेखका ७/७ जना, रौतहट र मकवानपुरका ६/६ जना, धादिङ, नुवाकोट, स्याङ्जा र बैतडीका ५/५ जना, झापा, रुकुम पश्तिम र कञ्चनपुरका ४/४ जना, उदयपुर र सिन्धुपाल्चोकका ३/३ जना, इलाम, धनकुटा, पर्सा, बारा, सप्तरी, रामेछाप, सिन्धुली, कास्की, तनहुँ, अर्घाखाँची, कपिलवस्तु, गुल्मी र रोल्पाका २/२ जना तथा खोटाङ, ताप्लेजुङ, दोलखा, म्याग्दी, लजमुङ, बाग्लुङ, सुर्खेत, डडेलधुरा, डोटी र बझाङका १/१ जनामा कोरोना संक्रमण देखिएको छ ।
यसैगरी नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ।
मन्त्रालयका अनुसार आज देशमा ४ महिला र ५ पुरुष गरी ९ जना संक्रमितको मृत्यु भएको छ।
काठमाडौँका ५९ वर्षीय, ६० वर्षीय, ललितपुरका ६७ वर्षीय र चितवनका ६० वर्षीय महिला संक्रमितको मृत्यु भएको छ।
त्यस्तै तेह्रथुमका ३१ वर्षीय, सुनसरीका ६४ वर्षीय, ललितपुरका ६१, ७७ वर्षीय, नवलपरासी पूर्वका ७७ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
यससँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
हाल सक्रिय संक्रमित २२ हजार ७०९ रहेका छन् । १३ हजार ५९१ होम र ९ हजार ११८ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण भएको निर्देशनालयले जानकारी दिएको छ ।
